सत्ताको आडमा विभेद गरिएको भन्दै शिक्षक संघले दियो धर्ना

Prabhu Bank

दाङ । नेपाल शिक्षक संघले शिक्षा विकास तथा समन्वय इकाइ दाङको कार्यालयमा धर्ना दिएका छन्।

Saftey Pads

सत्ता र सत्तारुढ दलको इच्छा पुरा गर्न आस्थाको आधारमा संघमा आवद्ध शिक्षकहरुलाई भेदभाव गरी सरुवा, प्रधानाध्यापक नियुक्ति लगायतका सेवा सुविधाबाट बञ्चित गर्ने गरी दाङमा काम अघी बढेको भन्दै नेपाल शिक्षक संघले सोमबार शिक्षा बिकास तथा समन्वय इकाइ दाङको कार्यालयमा धर्ना दिएका हुन्।

शिक्षकहरुले बिहान १० बजेदेखि कार्यालयको मूल ढोकामा धर्ना दिएपछि सेवाग्राही कार्यालय प्रवेश गर्न पाएका छैनन। आज कार्यालयको काम ठप्प छ।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष युुवराज बस्नेतले शिक्षा बिकास तथा समन्वय इकाइ, गाउँ र नगर शिक्षा समितिहरुले नेपाल शिक्षक संघका आवद्ध भएका शिक्षकहरुलाई भेदभाव हुने गरी काम गरेको प्रमाण आफूहरुलाई प्राप्त भएको भन्दै त्यस्ता कार्यको बिरुद्ध कडा धर्ना गरिएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सस्तोमा डलर साटिदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गरेको आराेपमा पक्राउ

सत्ताको आडमा थालिएका यस्ता दुराग्रहीपूर्ण गतिबिधिहरु प्रति आपत्ती र खेद प्रकट गर्दै शिक्षा जस्तो अति संवेदनसील र राजनितिबाट मुक्त रहनुपर्ने क्षेत्रमा चरम राजनितिक हस्तक्षप नगर्न संघले अनुरोध गरेको छ।

Maruti Cement