प्रधानमन्त्री फेरि सिंगापुर जाँदै : चिकित्सक भन्छन् नेपालमै उपचार सम्भव छ !

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी ५ गते थप उपचारका लागि सिंगापुर जाने भएका छन्।

करिब एक साता लामो उपचार पछि नेपाल फर्किएका पियम ओली स्वास्थ्य फलोअपका लागि त्यहाँ जान लागेका हुन्।

वालुवाटार श्रोतका अनुसार यस अघि सुरु गरिएको औषधिको ‘साइकल’ तिन साता बिचमा चलाउनु पर्ने भएकाले डाक्टरको सल्लाह बमोजिम उनी सिंगापुर जान लागेका हुन्।

चिकित्सकले सिफारिस गरेको औषधिको ‘साइड इफेक्ट’ देखिएकाले पनि प्रम ओली तत्कालै सिंगापुर जानु परेको श्रोतको भनाइ छ।

आइतबार संसदमा गरेको सम्बोधनमा समेत प्रमले असहज महसुस गर्नु भएको थियो। सिंगापुरबाट फर्किए लगत्तै नेकपाका अध्यक्ष समेत रहेका ओलीलाई ज्वरो आएको थियो। जसका कारण निर्धारित सचिवालय बैठक स्थगित गर्न परेको थियो।

अन्य सम्बन्धित समाचार:  चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायर

कतिपय नेपालका ख्याती प्राप्त चिकित्सकले भने प्रम ओलीको उपचार नेपालमै सम्भव हुने बताउदै आएका छन्।

नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष्य समेत रहेका एक जना चिकित्सकले नेपाली पत्रिकासंग कुरा गर्दै भने ‘ नेपालमै सम्भव छ प्रम ओलीको उपचार त्यो उहालाई पनि थाहा छ, नेपालकै वरिस्ठ चिकित्सकको टोलि बनाएर राम्ररी उपचार र ‘फलोअप’ गर्न नसकिने हैन।’