पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप

Prabhu Bank

काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा छानबिनका लागि पक्राउ परेका पत्रकार रवी लामिछानेका समर्थकहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग झडप भएको छ।

Saftey Pads

चितवन जिल्ला प्रशासनले निर्धारण गरेको निषेधित क्षेत्र प्रदर्शनकारीहरुले तोडेपछि झडप भएको हो।

झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लामिछानेको निसर्त रिहाईको माग राख्दै उनका समर्थकहरुले चितवनमा दिनहुँ प्रदर्शन गरिरहेका छन्।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए। सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन्।

चितवनको चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा

 

अन्य सम्बन्धित समाचार:  पाल्पा: पहिराेमा पुरिएका तीन जनाको शव फेला
Maruti Cement