मौलिक नाम नबिगारौंः प्रधानमन्त्री

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिंगे गैंडालाई ’राइनो’ भनेकोमा आपत्ति जनाएका छन्।

Saftey Pads

एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वकै आकर्षकमध्ये एकसिंगे गैंडा नेपालमा मात्र पाइने भन्दै यसको मौलिक नाम नबिगार्न आग्रह गरेका हुन्।

यो राइनो,’ हैन गैंडा हो गैंडा,’ प्रधानमन्त्री ओलीले भने, ’यसको मौलिक नाम नबिगारौं। यो राइनो होइन,’ नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्र होइन विश्वका अग्ला हिमाल मध्ये धेरै वटा नेपालमै रहेको उल्लेख गर्दै नेपाललाई विश्व मै सुन्दर देश भनिने गरेको तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नति र विकासको युग शुरु भएको बताए।

अन्य सम्बन्धित समाचार:  आईपीएलको एउटै खेलमा ३३ छक्का प्रहार

’अब हामी हाम्रो यात्रा आर्थिक उन्नति र विकासबाट सुरु गर्छौं। यसका लागि अन्तर्रा्ष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं,’ प्रधानमन्त्री ओलीले भने, ’यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरु संसोधन गर्छौं।’ प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभई विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताए।

प्रधानमन्त्री ओलीले प्राकृतिक सम्पदा,हिमाल र जंगली जनावर हेर्न बर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरी हुनुपर्ने धारणा प्रधानमन्त्री ओलीले राखे।

Maruti Cement