यातायात व्यवस्था विभागको महानिर्देशकमा हमाल

Prabhu Bank

काठमाडौं । यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाल नियुक्त भएका छन्।

Saftey Pads

एक हप्तादेखि रिक्त विभागको महानिर्देशकको कार्यभार हमालले सोमबारबाट सम्हालेका हुन्।

विभागको कार्यकक्षमा विभिन्न शाखाका कर्मचारीले हमाललाई स्वागत गरे। विभिन्न शाखाका कर्मचारीले सफल कार्यकालको शुभकामना दिएको स्वागत कार्यक्रममा हमालले विभागमा आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

यसअघिका महानिर्देशक कुमारप्रसाद दहालको विभागबाट सरुवा हुने जानकारी एक महिनाअघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गराए पनि पत्र नआएका कारण एक हप्ता अघिसम्म दहाल नै विभागको महानिर्देशक पदमा थिए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुँदै
Maruti Cement