पुडासैनी आत्महत्या प्रकरणः पाँच मिटर डोरी किनेको पसल भेटियो

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि पाँच मिटर डोरी किनेको पसल भेटिएको छ।

नारायणगढ बजारको एक पसलमा डोरी किनेको सीसीटीभी फुटेज प्राप्त भएको हो।

चितवनका एसपी दानबहादुर मल्लले पुडासैनीले आत्महत्या गर्नुअघि आफू बसेको होटल नजिकैको एक होलसेल पसलबाट पाँच मिटर लामो डोरी किनेको उक्त सीसीटीभी फुटेजमा देखिएको बताए।

प्रहरीले उक्त सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

अन्य सम्बन्धित समाचार:  नेकपाका दुबै समूहलाई निर्वाचन आयोगले बोलायो