ओली भन्छन् ५ बर्षै सरकार चलाउँछु, प्रचण्डको जवाफ सरकारको नेतृत्व फेरिन्छ

Prabhu Bank

काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व फेरिने बताएका छन्।

Saftey Pads

सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले केपी ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका हुन्।

प्रचण्डले एमाले–माओवादी एकतापछि पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प नरहेको बताए।

सुखी नेपाली, समृद्ध नेपाल निर्माण अभियानमा सरकार अघि बढिरहेको जिकिर गर्दै दाहालले भने, ‘एक वर्षको कामलाई समिक्षा गर्दै हामी अघि बढ्ने योजनामा छौं।’

यता प्रधानमन्त्री तथा (नेकपा)का अर्को अध्यक्ष केपी शर्मा ओलीले भने ५ बर्षै सरकार आफुले चलाउने बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को निर्वाचन पछि मात्र पद छोडिदिने बताएका हुन्।

अन्य सम्बन्धित समाचार:  डोनाल्ड ट्रम्पले भने, चुनावमा हारे पनि चुपचाप हट्दिँन
Maruti Cement