अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, ३४ घाइते

Prabhu Bank

काठमाण्डौ । स्थानीय रेष्टुरेण्ट तथा सार्वजनिक स्थानहरुलाई लक्षित गरी गरिएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा परि अफगानिस्तानमा ३४ जना घाइते भएका छन्।

Saftey Pads

१०० औँ स्वतन्त्रता दिवस मनाइरहेको अफगानिस्तानमा उक्त श्रृङ्खलाबद्ध बम बिस्फोट भएको रोयटर्सले जनाएको छ।

स्लामिक स्टेट तथा तालिवान दुबै लडाकु समूहहरुको बलियो पकड भएको उक्त स्थानमा भएका १० स्थानमा बम बिस्फोटको जिम्मेवारी भने कसैले पनि नलिएको बताइएको छ।

जलालबादमा भएका बमहरु स्वतन्त्रता दिवस मनाएर फर्किएका मानिसहरुको भीडलाई लक्षित गरी बिस्फोट गरिएको जनाइएको छ।

जसमा कम्तीमा ३४ जना घाइते भएको त्यहाँका वरिष्ठ स्वास्थ्य अधिकारी फहिम बशारीले जानकारी दिएका छन्।

काबुलमा स्वतन्त्रता दिवसको अवसरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति अश्राफ घानीले लडाकुहरुको गुँडलाई तहसनहस पार्न अफगानिस्तानको पक्षमा उभिन अन्तर्रा्ष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सामसङले विश्व महामारीलाई ध्यानमा राख्दै निकाल्यो सस्तो एस्२० स्मार्टफोन
Maruti Cement