यी हुन् नेपाल–भारत संयुक्त बैठकका मुख्य एजेण्डा

Prabhu Bank

काठमाडौं। नेपाल–भारत संयुक्त आयोगको बैठकमा वाणिज्य र पारवहन सन्धि पुनरावलोकनको विषयमा छलफल हुने भएको छ।

Saftey Pads

बुधबारबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सो विषयमा पनि छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमार्फत जानकारी गराए।

नेपालमा हुन लागेको आयोगको पाँचौँ बैठक दुई दिनसम्म चल्नेछ। बैठकमा मुख्यगरी पाँच ओटा एजेण्डामा छलफल हुनेछन्।

बैठकमा राजनीति, सुरक्षा र सीमा, कनेक्टिभिटी, उर्जा र जलस्रोत तथा संस्कृति र शिक्षा मुख्य विषयका रुपमा रहने बताइएको छ। परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार बैठकमा दुई पक्षीय मामिलाका सबैजसो विषयमा छलफल हुनेछ।

आर्थिक साझेदारी, व्यापार, पारवहन र अन्य दुई पक्षीय हितका विषयमा पनि बैठकमा छलफल हुनेछ। दुई देशबीच सहमति भए पनि वर्षौदेखि कार्यान्वयन हुन नसकेका विषयलाई समीक्षा गर्दै तत्काल कार्यान्वयन गर्न सकिने र प्रतिफल दिने कुरामा केन्द्रीत हुनेबारे पनि बैठकमा कुरा उठाउने नेपाली टोलीको तयारी छ।

नेपाल भारत सम्बन्धलाई प्रभावकारी बनाउन भन्दै सन् १९८७ मा आयोगको गठन गरिएको थियो। आयोगलाई आर्थिक, व्यापारिक, परिवहन र दुई देशको हित प्रवर्ध्दन गर्ने कार्यादेश छ।

नेपाल–भारतले पालै पालो संयुक्त बैठक आयोजना गर्दै आएका छन्। सन् १९८८ र सन् २०१४ मा बैठक भारतमा भएको थियो ।

जम्मू–कश्मीरबारे नेपाल नबोल्नेः

त्यसो त धेरै टाढाको देश भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै सत्तारूढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले विरोधमा विज्ञप्ति जारी गरेका थिए भने सरकारले पनि दाहालको विज्ञप्तिलाई जोड पुग्नेगरि बोलेको थियो ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् पुनर्गठनको तयारी : पहिला संघीय त्यसपछि प्रदेशमा

तर, परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने बैठकमा जम्मू–कश्मीरको बारेमा के भन्ला नेपाल? यो स्वाभाविक चासोको विषय हो।

तर, परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार उक्त विषयमा नेपालले केही बोल्ने छैन।

इपीजीको प्रतिवेदन बुझिदिन आग्रह गर्ने:

त्यसैगरी पत्रकारहरुले नेपाल–भारत प्रबुद्ध समूह (इपीजी)ले तयार गरेको प्रतिवेदन भारतले बुझ्न नमानेको विषयमा बैठकमा के हुन्छ, भन्ने जिज्ञासा राखेका थिए।

सो प्रश्नलाई सुन्दै मन्त्री ज्ञवालीले इपीजीका बारेमा भने बैठकमा कुरा उठाइने बताए। ‘इपीजीको बारेमा भने कुरा उठ्छ, प्रतिवेदन चाँडो आओस् भन्ने आग्रह हाम्रो हुन्छ’ मन्त्री ज्ञवालीले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा नेपाल र भारतकातर्फबाट गठित प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन अलपत्र परिरहेको छ।

दुई पक्षीय सम्बन्ध विस्तारबारे सुझाव दिन नेपाल भारत प्रबुद्ध समूह इपीजी गठन गरिएको थियो।

सार्कको कुराः

नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता गरिरहेको छ।

तर, भारत र पाकिस्तानबीच दूरी बढेपछि सार्क निस्प्रभावी बन्न पुगेको छ। सन् २०१४ मा सार्क शिखर सम्मेलन भए पनि त्यसयता शिखर सम्मेलन नै हुन सकेको छैन।

अन्य सम्बन्धित समाचार:  बाजुरामा भालुको आक्रमणबाट एक घाइते

अध्यक्ष राष्ट्रका रुपमा नेपालले भूमिका खेल्न नसकेको भन्दै नेपालको बेलाबखत खह्रो आलोचना समेत हुने गरेको छ।

नेपाल–भारत सम्बन्धलाई थप उचाइः

संयुक्त बैठकले नेपाल–भारत सम्बन्ध थप उचाईमा पुर्‍याउने मन्त्री ज्ञवालीले बताए।

बैठकले दुई देशबीचको सम्बन्ध सार्थक र घनिष्ठ बन्ने विश्वास आफूहरुले लिएको मन्त्री ज्ञवालीको भनाई थियो।

बैठकमा क–कसको आगमन?

भारतका विदेशमन्त्री एस जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आइपुग्ने मन्त्री ज्ञवालीले जानकारी दिए।

दुई दिनसम्म चल्ने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गर्नेछन्। त्यस्तै बैठकमा सहभागी हुनका लागि परराष्ट्र सचिव, भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य, गृह, रक्षा, उर्जा, जलस्रोत, सिँचाई, उद्योग मन्त्रालयलगायतका प्रतिनिधिसहित ३५ सदस्यीय प्रतिनिधिमण्डलको नाम स्वीकृत भएको छ।

भारतको प्रतिनिधित्व भारतीय विदेशमन्त्री जयशंकरले गर्नेछन्।

आयोगको स्थापना सन् १९८७ मा भएको थियो। यसअघि चौंथो बैठक सन् २०१६ मा नयाँ दिल्लीमा भएको थियो।

भारतीय विदेशमन्त्रीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको मन्त्री ज्ञवालीले जानकारी दिए।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी जयशंकरको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्नेछन्।

भारतका विदेशमन्त्री जयशंकर हालै उत्तरतर्फको छिमेकी चीनको समेत भ्रमण गरेर नेपाल आउन लागेका हुन्।

Maruti Cement