नेकपाको सचिवालय बैठक आज, सर्वदलीय बैठक पनि बस्ने

Prabhu Bank

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकताका बाँकी प्रक्रियाबारे छलफल सुरु गरेको छ। त्यसका लागि नेकपाको केन्द्रीय सचिवालय बैठक मंगलबारका लागि बोलाइएको हो।

Saftey Pads

दिउँसो ३ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको पोलिट्ब्युरो कमिटि, विभिन्न आयोगहरु गठनमा रहँदै आएको विवाद टुंग्याउने विषयमा छलफल हुने जनाइएको छ। नेकपाले विभागसहित जनवर्गीय संगठन तथा प्रदेशका इन्चार्ज र सहइन्चार्जसहितका विषय भने टुंग्याएको छ।

नेकपाले अझै केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिन बाँकी छ। यस्तै सम्पर्क समन्वय कमिटि, विशेष प्रदेश कमिटि, प्रवास संगठनको पनि एकता प्रक्रिया पूरा हुन बाँकी छ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयीक राजनीतिक परिवेशबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। बैठक बेलुका पाँच बजे बालुवाटारमा बस्ने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  बल प्रयोग गरी ट्रमा सेन्टर पुर्याइएका डा. केसी डिस्चार्ज

सर्वदलीय बैठकमा संक्रमणकालीन न्यायको विषयबारे विशेष छलफल हुने जनाइएको छ। त्यसका लागि प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका छन्।

बैठकमा सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्ने बारे विशेष रुपमा छलफल हुने जनाइएको छ।

Maruti Cement