पूर्वयुवराज पारसले आफूबाट भएको दुर्व्यवहारप्रति माफी मागे

Prabhu Bank

काठमाडौँ । पूर्वयुवराज पारस शाहले विमानस्थलमा ड्युटीमा रहेका प्रहरी अधिकारीमाथि आफूबाट भएको दुर्व्यवहारप्रति माफी मागेका छन्।

Saftey Pads

फेसबुकमा स्टाटस लेख्दै पारसले छोरा हृयदेन्द्रको अनुहारमा प्रहरीले लाठी तेर्स्याएको देखेपछि आफ्नो मुड खराब भएको र आवेशमा आएर सो घटना हुन पुगेको जानकारी गराउँदै सम्बन्धित पक्षसँग माफी मागेका हुन्।

उनले सो स्टाटसमा आफ्नो मुड ठीक अवस्थामा नरहेको र सोही वेला आफ्नो छोरामाथि प्रहरीले पनि दुर्व्यवहार गर्न खोजेकोले आफूले सहन नसकी हातपात गरेको बताएका छन्। उनले माफी माग्दै बाँकी निर्णय गर्ने जिम्मा जनतालाई नै दिन चाहेको बताएका छन्।

आइतबार विमानस्थलमा आमा कोमल शाहको बिदाइका लागि पुगेका पारसले एक प्रहरी अधिकारीलाई धकेलेको भिडियो भाइरल बनेको थियो।

अन्य सम्बन्धित समाचार:  बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु

उपचारका लागि बैंकक जाने क्रममा कोमल शाहको बिदाइमा पारससँगै उनका छोरा हृदयेन्द्र पनि विमानस्थलको भीआईपी कक्षमा प्रवेश गर्न खोज्दा सो घटना भएको थियो।

Maruti Cement