पुडासैनी आत्महत्या प्रकरणः लामिछानेसहित तीनै जनालाई अदालत लगियो

Prabhu Bank

काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीनै जनालार्ई आज(मंगलबार) जिल्ला अदालत चितवनमा पेश गरिएको गरिएको छ।

Saftey Pads

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने गरी अदालत लगिएको हो।

चितवनको सुरक्षा व्यवस्था भने कडा पारिएको छ । लामिछानेका समर्थकहरुको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्थालाई कडा पारेको छ।

लामिछानेसहित तीन जनाको हिजो पनि बयान लिइएको थियो। उनीहरुलाई सरकारी वकिलको कार्यालय पु¥याइ बयान लिइएको हो। अदालतले थपेको पाँच दिनको हिजो अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो।

अन्य सम्बन्धित समाचार:  सप्तरी: रुपनी गाउँपालिका-६ का वडाध्यक्षको मृत्यु

लामिछानेका समर्थकहरुले भने निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका छन्।

Maruti Cement