एनसेलको टावरमा आगजनी

Prabhu Bank

काठमाण्डौ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ।

Saftey Pads

गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको हो।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ।

टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ।

यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए।

अन्य सम्बन्धित समाचार:  मनसुन बाहिरिन अझै एक साता लाग्ने
Maruti Cement