प्रहरी कार्यालय आशा र भरोसाको प्रतिक होः आईजीपी खनाल

Prabhu Bank

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी कार्यालय आशा र भरोषाको प्रतिक रहेको बताएका छन्।

Saftey Pads

संघीय प्रहरी ईकाई कार्यालय, पोखरा प्रदेश गण्डकीको भवन समुद्घाटन तथा ब्यारेक, मेस भवनको शिलान्याश कार्यक्रममा बोल्दै आईजीपी खनालले पीडामा परेर प्रहरी कार्यालय आउने सेवाग्राहीको लागि आशा र भरोषाको प्रतिक भएको बताएका हुन्।

अत्याधुनिक सुविधा सम्पन्न भवन जनतालाई छिटो छरितो सेवा सुविधा प्रदान गर्न सफल हुनुपर्ने आईजीपी खनालको भनाई थियो।

आईजीपी खनालले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कुनै प्रकारको कमी नहुने प्रतिबद्धता जनाए। कार्यक्रममा आईजीपी खनालले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई सम्मानसहित पुरस्कृत पनि गरेका थिए।

अन्य सम्बन्धित समाचार:  सप्तरी बलात्कार घटना : दुई पक्राउ
Maruti Cement