स्थायी कमिटिमा नराखेको भन्दै प्रभु साहले दिए राजीनामा

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्।

Saftey Pads

आफूलाई पार्टी स्थायी कमिटिमा नराखिएको भन्दै उनले राजीनामा बुझाएका हुन्।

साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार राजीनामा बुझाएको साहका प्रेस सल्लाहकार निभेष कुमारले पुष्टि गरे।

सुरूमा स्थायी कमिटीमा राख्ने सहमति भएको थियो। प्रेस सल्लाहकार निवेषले भने, ’स्थायी समितिमा राखिएन। एकता अघि बढाउन भनेर केही भन्नु भएन। प्रदेश कमिटी बनाउदा पनि सल्लाह भएन। हरेक ठाउँमा नेतृत्वबाट अहयोग भयो।’ पार्टी नेतृत्वले चोतर्फी घेराबन्दी गरेपछि उहाँले राजिनामा दिनुभएको हो।’

यद्यपि राजीनामा भने अहिलेसम्म स्वीकृत भइसकेको छैन।

अन्य सम्बन्धित समाचार:  बलात्कार आराेपमा फरार तीन जना पक्राउ
Maruti Cement