लेक लागेर तीनजना भारतीय तीर्थयात्रीको मृत्यु

काठमाडौं । लेक लागेर कैलाश मानसरोवर जाँदै गरेका तीनजना तीर्थयात्रीको मृत्यु भएको छ।

एक महिनाको अवधिमा मानसरोवर हिँडेका तीनजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको हो।

भारतीय नागरिक ५५ वर्षीया इशारा अर्चना जइप्रकाश, ५३ वर्षीय एन्गाडिएरामविलुनी हारी, ५९ वर्षीया स्लभल्ललुर स्वराज लक्ष्मीको लेक लागेर मृत्यु भएको रसुवा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक गोकर्ण थापाले जानकारी दिए।

उनीहरुको साउन १,२ र ३ गते मृत्यु भएको हो।  भारतबाट नुवाकोट हुँदै रसुवागढीबाट चीनको मानसरोवर जान नजिक पर्ने भएका कारण भारतीय तीर्थालु सोही मार्गहुँदै जाने गरेका छन्।

अन्य सम्बन्धित समाचार:  चिकित्सा शिक्षाको शुल्क नबढ्ने