लामिछानेको समर्थनमा भइरहेको प्रदर्शन नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

Prabhu Bank

काठमाडौं । पत्रकार रवि लामिछानेको गिरफ्तारीको विरोधमा भइरहेको प्रदर्शन नियन्त्रण गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

Saftey Pads

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछानेको समर्थकले गैरसंवैधानिक नारा लगाएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा नेकपा सांसद हितबहादुर तामाङले चितवनका सडकमा गैरसंवैधानिक नारा लागेको भन्दै नियन्त्रण लिन माग गरेका हुन्।

‘शालिकराम पुडासैनीको आत्महत्याका प्रकरणलाई लिएर ३ जनालाई लिएर चितवनको सडकमा प्रदर्शन भइरहेको सुन्नमा आएको छ। गैरसंवैधानिक नारा लागेका छन् भन्ने कुरा आएको छ, त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार लागिपरोस्,’ तामाङले भने। उनले राज्यले कुनै पक्षबाट प्रभावित नभइ, निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरे।

अन्य सम्बन्धित समाचार:  बन्ने भो चितवनमा अयोध्याधाम, नगरपालिकाले छुट्यायो १०० विघा जग्गा

शून्य समयमै नेकपाकी सचेतक शान्ता चौधरीले अनुसन्धान प्रभावित गर्ने क्रियाकलाप कसैले गर्न नहुने बताइन् । ‘देश विधिले चलाउने हो, अनुसन्धानका आफ्ना प्रक्रिया हुन्छन्। अनुसन्धान प्रभावित गर्ने क्रियाकलाप कसैले गर्नु हुँदैन,’ चौधरीले भनिन्।

चौधरीले तथ्यमा टेकेर सत्य पत्ता लगाउँदा निर्दोषले सजाय भोग्न नपर्ने र दोषी उन्मुक्ति नपाउने पनि जिकिर गरिन्।

Maruti Cement