श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Prabhu Bank

उदयपुर । उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।

Saftey Pads

बेलका नगरपालिका–५ का तिर्थ आले मगरले ३० बर्षीय श्रीमती मन्जु पुलामी मगरलाई कुटपिट गरी हत्या गरेका हुन्।

सोमबार राति १० बजे घरायशी वादविवादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी मन्जुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनको उपचारकै क्रममा सोमवार राति ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

घटना पश्चात श्रीमानलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मनसुन बाहिरिन अझै एक साता लाग्ने
Maruti Cement