बाहिर उपचार गराउन जान नदिने कानुन हामीसँग छैनः स्वास्थ्यमन्त्री

Prabhu Bank

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वाथ्यमन्त्री उपेन्द्र यादवले नेपालमा विदेश उपचार गराउन जान नपाइने कानुन नभएकाले बाहिर जाने अवस्था रहेको बताएका छन्।

Saftey Pads

मंगलबार सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा यादवले उपचारका लागि नेपाली विदेश जाने मात्र नभइ विदेशबाट समेत उपचारका लागि नेपाल आउने क्रम बढिरहेको दाबी गरेका हुन्।

सांसद प्रेम सुवालको प्रधानमन्त्रीको उपाचार गर्ने क्षमता नेपालसँग छैन? नेपालमा भएको उपकरण भएको भए यहाँ उपचार गराउने अवस्था रहन्थ्यो कि? भन्ने प्रश्नको जवाफमा उपप्रधानमन्त्री यादवले भने, ‘यहाँका डाक्टरहरुले बाहिर उपचार गराउन सिफारिस गरेकाले उहाँ बाहिर जानुभएको हो। नेपालमा सबै खालका उपचार संभव भएपछि बाहिर जान नर्पला।’

चिकित्सकहरुको सिफारिसमै प्रधानमन्त्री विदेशमा उपचार गराउन गएको जिकिर गरेका छन्। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि अघिल्लो हप्ता सिंगापुर गएका थिए भने फेरि पनि जाने तयारीमा छन्।

अन्य सम्बन्धित समाचार:  प्रकृया मिचेर मुख्य सचिव बनाइँदै, लोकदर्शन रेगमीलाई राजीनामा दिन सरकारको दबाब
Maruti Cement