बिरामीको मृत्युपछि निसर्ग अस्पतालमा प्रदर्शन

कैलाली । कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १२ का ५० बर्षीय मदनसिंह भण्डारीको गएराती मृत्यु भएपछि अस्पतालमा आफन्तले प्रदर्शन गरेका हुन्।

सोमवार बिहान ७ बजे पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनको दिउँसो २ बजे शल्यक्रिया गरिएको थियो। चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तजले विरोधमा नारावाजी गरेका छन्।

अस्पताल प्रशासन र मृतकका आफन्तबिच अहिले छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। घटनाबारे अस्पताल प्रशासनले आधिकारीक धारणा दिएको छैन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौंमा ट्रक पल्टियोः दुई जनाको मृत्यु