फेसबुकमा ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने एक युवक पक्राउ

Prabhu Bank

काठमाडौं । फेसबुकमार्फत खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवक पक्राउ परेका छन्।

Saftey Pads

बाराबाट प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा बाराका सागर क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै भिडियोमार्फत खुकुरी देखाउँदै काट्छु भनेका सागरलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका क्षत्रीलाई काठमाडौं ल्याइँदै छ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै नेतालाई अपशब्द बोलेपछि क्षत्रीलाई पक्राउ गरिएको हो।

अन्य सम्बन्धित समाचार:  पहिराेले बेँसीशहर–चामे सडक अवरुद्ध
Maruti Cement