माधब नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्ने सुइँकोसंगै ओलीले स्थगित गरे सचिवालय बैठक

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ।

Saftey Pads

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि बोलाएको सर्वदलीय बैठकका कारण सचिवालय बैठक स्थगित गरिएको नेकपाले जनाएको छ।

अर्को बैठक कहिले बस्ने भनेर खुलाइएको छैन।

स्रोतका अनुसार नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेपछि बैठक स्थगित भएको हो।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना
Maruti Cement