मृत कर्मचारीको साथमा भेटियो यस्तो ‘सूसाइड नोट’

Prabhu Bank

काठमाडौं । सिंहदरबारमा मृत भेटिएका योजना आयोगका कर्मचारी बच्चुराम केसीले आत्महत्या गरेको बुझिएको छ।

Saftey Pads

मृत केसीको साथमा एक सूसाइड नोट समेत लेखेको भेटिएका होे।

जहाँ उनले घर व्यवहार मिलाउन नसकेर आत्महत्या गरेको उल्लेख गरेको कुरा प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार उनले सूसाइड नोटमा घर खर्च चलाउन नसकेर आत्महत्या गरेको उल्लेख छ।

उनले नोटमा लेखेका छन्, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैन । मिडियावाजी नगर्नू र चिन्ता नगर्नू।’ उनको शव अहिले पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ।

उनी मंगलबार बिहान कार्यालयमै मृत भेटिएका थिए। उनको साथबाट ‘सूसाइड नोट’ भेटिएको प्रहरीले जनाएको हो। उनको शवनजिकै विषादीको बट्टा समेत भेटिएको थियो।

अन्य सम्बन्धित समाचार:  कोराेना कहरमा यातायात व्यवसायी: रित्तै गुड्नुपर्ने बाध्यता
Maruti Cement