अर्कैको नाममा एसईई परीक्षा दिने नक्कली विद्यार्थी पक्राउ

Prabhu Bank

कञ्चनपुर । कञ्चनपुरमा अर्कैको नामबाट एसईई पुरक परीक्षा दिँदै गरेकी एक जना नक्कली बिद्यार्थी पक्राउ परेकी छन्।

Saftey Pads

भीमदत्त नगरपालिकास्थित शान्तिनिकेतन माविकी छात्रा अनिता धामीको नाममा परीक्षा दिने वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामीलाई प्रहरीले पक्राउ गरेको हो।

अर्कैको नाममा एसईई पुरक परीक्षा दिँदै गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

धामीले एसईईको गणित विषयको परीक्षा दिने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सच्चा समाजसेवीले केही पनि लिँदैनः प्रम ओली
Maruti Cement