सर्वदलीय बैठकमा यी विषयहरुमाथि छलफल भए

Prabhu Bank

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका सर्वदलीय बैठकले समसामयिक विषयवस्तुमा छलफल गरेको छ।

Saftey Pads

प्रधानमन्त्री ओलीले मंगलबार साँझ बालुवाटारमा बोलाएका बैठकमा दलहरुबीच समसामयिक विषयमा छलफल भएको नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले बताए।

बैठकपछि बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले लोकतन्त्र, संघीयता, धर्म निरपेक्षतालगायतका विषयहरुमा विभिन्न कोणबाट प्रहार भइरहेको र ति उपलब्धिहरुको पक्षमा सबै दल एकताबद्ध हुनुपर्ने विषयमा छलफल केन्द्रीत भएका बताए।

यस्तै, सर्वदलीय बैठकले हिंसा विरुद्ध सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेको छ।

‘देशले लामो समयसम्म हिंसा ब्यहोरेको छ, अब कुनै पनि प्रकारको हिंसालाई कसैले पनि प्रोत्साहन गर्नुहुँदैन र सरकारले हिंसालाई नियन्त्रणमा लिन आवश्यक सबै प्रकृया अपनाउने तथा आवश्यकता अनुसार वार्तालाई पनि अगाडि बढाउने विषयमा सबै दल एकमत भएका छौँ’ प्रवक्ता श्रेष्ठले भने, ‘यो विषयमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा लगायत सबै दलका नेताहरुले हामी सरकार र नेकपासँगै छौँ भनेर विश्वास दिलाउनुभएको छ।’

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

बैठकमा सत्तारुढ नेकपाका शिर्ष नेतासहित का‌ंग्रेस सभापति देउवा, समाजवादी दलका अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राजपाका नेता महन्थ ठाकुर लगायतका नेताहरु सहभागी थिए।

बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी दिएका थिए। प्रधानमन्त्री ओली चिकित्सकहरुको सल्लाह अनुसार नै नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेको उनले बताए।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि गते सिंगापुर जाँदैछन्। यसअघि उनी साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए।

Maruti Cement