यसरी निर्माण हुँदैछ, अत्याधुनिक संसद् भवन 

Prabhu Bank

काठमाडौं। सङ्घीय संसद्को भवन निर्माण प्रक्रिया अघि बढेको छ।

Saftey Pads

सिंहदरबारस्थित पुतली बगैंचामा भवन निर्माणका लागि परेका आवेदनबाट ठेकेदार कम्पनी छनौटको क्रममा रहेको शहरी विकास मन्त्रालयले जनाएको छ।

भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले ठेक्का आह्वान गरेको थियो। हालसम्म १७ कम्पनीले आवेदन दिइसकेका छन्। तीमध्येबाट कम्पनी छनौट गरेर काम अघि बढाइने मन्त्रालयले जनाएको छ।

सार्वजनिक खरिद ऐन अनुसार नै ठूलो रकमको ठेक्का सम्झौता गर्दा बढी समय लाग्ने भएपनि मन्त्रालयले जत्तिसक्दो चाँडो नै गरेको मन्त्रालयको दावी छ।

हाल सो स्थानमा नेपाली सेना बस्दै आएको छ। सेनाको आफ्नै भवन बन्दै गरेकाले हालका लागि अस्थायी संरचनामा सर्ने गरी सहमति भएको छ।

सेनाका कारण कति पनि ढिलाइ नहुने पनि मन्त्रालयले जनाएको छ।

सबै भवन वास्तुकला तथा डिजाइन झल्कने खालको हुने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। आधुनिक प्रविधिबाट निर्माण हुने भए पनि भवनमा नेपालको आफ्नो मौलिकता झल्कने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  क्यानले तोक्यो क्रिकेट खेलाडीको पारिश्रमिक

सो भवनलाई अन्तरराष्ट्रियस्तरमा समेत नेपालको इञ्जिनीयरिङ र आर्किटेक्चरल उपलब्धिका रुपमा परिचित गराउने लक्ष्य लिइएको बताइएको छ।

सङ्घीय संसद् भवन परिसर निर्माण आयोजनाको कूल लागत सात अर्ब रहनेछ। १७३ रोपनी क्षेत्रफलमा फैलने परिसरको निर्माण आव २०७८–७९ सम्ममा सम्पन्न हुने विभागले जनाएको छ।

परिसरमा गुरुयोजनालाई भवन क्षेत्र, खुल्ला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरेर चार क्षेत्रमा विभाजन गरिएको बताइएको छ।

संसदीय दलको भवन र कार्यालय भवन पाँच–पाँच तलाको हुने र ती बाहेक परिसरमा हुने सबै भवन बढीमा तीन तलासम्मको हुने विभागले जनाएको छ।

मुख्य प्रवेशद्वारको बायाँतर्फ प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल र दायाँतर्फ राष्ट्रियसभाको बैठक बस्ने हल बन्ने बताइएको छ। प्रतिनिधिसभा भवनमा ४०० जना अट्ने ठूलो हलसँगै विभिन्न प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष, कमिटी हललगायतका कक्ष रहने छ।

अन्य सम्बन्धित समाचार:  देशभर लगातार तीन दिन वर्षा हुने

सो भवनमा ३०० जना पत्रकार, दर्शक र आगन्तुक अट्ने बाल्कोनी र २०० अट्ने अर्को हल हुनेछ।

राष्ट्रियसभा भवनमा झण्डै १०० जना अट्ने ठूलो हल, विभिन्न प्राविधिक कक्ष, सभा अध्यक्षको कक्ष रहनेछ। साथै सो भवनमा २०० अट्ने बाल्कोनी र ३०० जना अट्ने अर्को हल रहने बताइएको छ।

राष्ट्रियसभा भवनको उत्तरतर्फ अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन निर्माणका लागि नमूना तयार गरिएको छ। सो भवनमा प्रधानमन्त्रीसहित राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष लगायतको कार्यकक्ष रहने उनले बताए।

विभागका अनुसार प्रतिनिधिसभा भवनको उत्तरतर्फ पुस्तक अध्ययन कक्ष, ई–पुस्तकालय, सङ्ग्रहालय, प्रशासनिक कक्षसहितको चारतले पुस्तकालयको भवन निर्माण हुने छ।

मुख्य संसद् भवनको उत्तरपूर्वमा संसदीय समितिको कार्यालय भवन र त्यसको दायाँतर्फ सानो छापाखाना रहने बताइएको छ।

मुख्य भवनको उत्तरतर्फ पाँचतले पार्टी कार्यालय भवन हुनेछ। सो भवनमा बैठक कक्ष, शिशु स्याहार कक्ष लगायतका लागि छुट्टाछुट्टै कक्ष रहने बताइएको छ।

Maruti Cement