प्रधानमन्त्री ज्यू, पछुताउने गरी नहतारिनुस : डा. सूर्यराज आचार्य

Prabhu Bank

काठमाण्डौं। पूर्वाधार विज्ञ तथा साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विश्व विद्यालय पदाधिकारी नियुक्तिमा पछुताउने गरी नहतारिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री लाई सार्वजनिक अपिल गर्दै डा. आचार्यले विश्वविद्यालयमा निर्मम सुधारको खाँचो भएको उल्लेख गरेका छन्।

Saftey Pads

विश्व विद्यालयका पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा भए यो जघन्य सामाजिक अपराध हुने डा. आचार्यको अपिलमा उल्लेख छ। विश्वविद्यालयमा हुने दलीय भागबन्डाले प्राज्ञिक प्रणाली ध्वस्त हुने भएकाले प्राज्ञिक मर्यादा र  बौद्धिकताको केन्द्र हुनु पर्ने विश्वविद्यालय जस्ता संस्था ध्वस्त हुनुको परिणाम राष्ट्रको भविष्य समेत ध्वस्त हुने डा. आचार्यको धारणा छ।

डा. आचार्यले विश्व विद्यालयमा निर्मम सुधार नगरे विश्व विद्यालय मात्रै नभई सिङ्गो मुलुकको भविष्य समेत धरापमा पर्ने चिन्ता व्यक्त गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ: गृहमन्त्री थापा

यस्तो छ डा. आचार्यको सार्वजनिक अपिल:
विश्वविद्यालय पदाधिकारी नियुक्ति बारेमा प्रम समक्ष मेरो अपील
विश्वविद्यालय भित्रका बेथिति र गुणस्तरको तन्नम अवस्था विचार गर्दा उच्च शिक्षामा राज्यको अर्बौंको खर्च बेकार देखिन्छ। प्रणाली भित्रका केहि निष्ठावान् प्राध्यापक दलका बिचौलियाका सामु निरिह छन्। अव पनि सुधार नहुने हो भने कोही पनि प्राज्ञ र प्रतिभाशाली युवा देशमा रहने छैनन्।

एक हिसाबले प्राज्ञिक प्रणाली ध्वस्त परिएको छ। प्राज्ञिक मर्यादा, र वौद्धिकता/ज्ञानको केन्द्र हुनु पर्ने विवि जस्ता संस्था ध्वस्त हुनुको परिणाम राष्ट्रको भविष्य ध्वस्त हुनु हो। विवि पदाधिकारी नियुक्तिमा फेरि दलीय भागबन्डा भएछ भने यो जघन्य सामाजिक अपराध हुनेछ।

सम्माननीय प्रम ज्यू, 
विश्वविद्यालयमा निर्मम सुधारको खाँचो छ। नत्र विवि मात्र हैन मुलुको भविष्य नै धरापमा पर्ने जोखिम छ। दल निकटका प्राध्यापकको बहकाउमा आएर पदाधिकारीमा फेरि भागबन्डाको नियुक्ति नहोस्। यदि यसो भयो भने यो ठूलो गल्ति हुने छ। यस्तो निर्णयको प्रतिवादको शैलि/स्केल विगतका यस्तै निर्णय प्रति हुने प्रतिक्रिया भन्दा नितान्त फरक हुन सक्छ। आम जनता र बौद्धिक जगतमा व्यापक आक्रोश छ। सानो घेरा बाहिर निस्केर यो विषयको गाम्भीर्यता उपर मनन गरिदिनु होला। बरु पर्याप्त समय लिनोस्, पछुताउने गरि नहतारिनुस्। शुभकामना।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना
Maruti Cement