म अझै १५ वर्ष बाँच्छुः प्रधानमन्त्री

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्।

Saftey Pads

संविधान दिवसको पूर्वसन्ध्यामा गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले १५ वर्ष बाँच्ने भन्दै अर्को चुनावमा अस्तित्व रक्षाका लागि अहिलेदेखि नै तयारी अवस्थामा रहन भनेका हुन्।

उनले भने–केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।”

उनले आफू भोलि सिंगापुर जान लागेको बताउँदै भने–म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन्। तर म अहिले मर्दिनँ। अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।”

अन्य सम्बन्धित समाचार:  आईपीएलको एउटै खेलमा ३३ छक्का प्रहार
Maruti Cement