सुनको मूल्यमा वृद्धि, तोलामा ३ सय रुपैयाँ बढ्यो

Prabhu Bank

काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ।

Saftey Pads

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबारका लागि प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तोकिएको हो।

यसअघि भदौ १ गते तोलामा ५ सय रुपैयाँ घटेर ७१ हजार रुपैयाँ कायम भएको सुनको मूल्य तीन दिन स्थिर थियो। बुधबार फेरि ३ सयले बढेको हो।

सुनसँगै चाँदीको भाउ पनि थोरै बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर ८३० रुपैयाँ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  फेरि घट्यो सुनको भाउ
Maruti Cement