रक्तचन्दनको तेलसहित तीन जना पक्राउ

Prabhu Bank

काठमाडौं । बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जना पक्राउ परेका छन्।

Saftey Pads

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौं महानगरपालिका–१६, नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मंगलबार साँझ पक्राउ गरेको हो।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको जानकारी दिए।

रक्तचन्दनको तेल लामाको कोठाबाट बरामद गरे पनि उक्त कारोवारमा केसी र पौडेलसमेत संलग्न रहेको राठौरले बताए। पक्राउ परेका तीनै जनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोराेना कहरमा यातायात व्यवसायी: रित्तै गुड्नुपर्ने बाध्यता
Maruti Cement