एसीसी यू–१९ मा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

Prabhu Bank

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ।

Saftey Pads

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह बी मा परेका हो।

नेपाल रहेको समूहमा आयोजक श्रीलंका, यूएई र बंगलादेश रहेका छन्। त्यस्तै समूह ‘ए’ मा पाकिस्तान, भारत, कुवेत र अफगानिस्तान रहेका छन्।

भदौ १९ देखि २८ गतेसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल श्रीलंकासँग भदौ २० गते खेल्नेछ। नेपालले आफ्नो दोस्रो खेल भदौ २२ गते बंगलादेश र अन्तिम खेल भदौ २४ गते यूएईसँग खेल्नेछ।

अन्य सम्बन्धित समाचार:  आज आईपीएलमा मुम्बई इन्डियन्स र कलकत्ता नाइट राइडर्स भिड्ने
Maruti Cement