बन्ने भयो ‘ए मेरो हजुर ४’

Prabhu Bank

काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’ बन्ने भएको छ। ‘ए मेरो हजुर ३’ को सफलतापछि निर्देशक झरना थापा ‘ए मेरो हजुर ४’ बनाउने तयारीमा लागेकी हुन्।

Saftey Pads

व्यावसायिक सफलता हात पारेको ‘ए मेरो हजुर ३’ लाई नै निरन्तरता दिन वितरहरुहरुले आग्रह गरेपछि थापाले ‘ए मेरो हजुर ४’ बनाउन लागेकी जनाइएको छ।

उनले फिल्म ‘ए मेरो हजुर ३’ बनाउनु भन्दा अघि ‘भागवत गीता’ बनाउने बताएकी थिइन्। तर अहिले भने ‘ए मेरो हजुर ४’ नै बनाउने तयारी भएको खबर आएको छ।

‘ए मेरो हजुर ४’ मा पनि अभिनेत्री सुहाना थापा नै हुनेछिन्। अभिनेताको टुङ्गो भने लागिसकेको छैन। निर्माता सुनिलकुमार थापाका अनुसार आगामी वर्षको दशैंमा प्रदर्शन हुने गरी ‘ए मेरो हजुर ४’को निर्माण प्रक्रिया सुरु हुने भएको छ।

अन्य सम्बन्धित समाचार:  अनुराग कश्यपविरुद्ध यौन दुर्व्यवहारको उजुरी
Maruti Cement