रवी लामिछानेकी श्रीमतीले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

Prabhu Bank

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागी प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवी लामिछानेकी पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिएकी छन्।

Saftey Pads

बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिएकी हुन्।

तस्वीर क्रमशः किशोर श्रेष्ठ, दानबहादुर मल्ल र संकेत काईराला

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गरेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए। तर उनलाई प्रहरीले यो केश आफ्नो क्षेत्रात्राधिकारभित्र नपर्ने भन्दै फर्काइदिएको छ। प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकता अहिले  जिल्ला सरकारी  वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्न गएकी छिन्।

अन्य सम्बन्धित समाचार:  सच्चा समाजसेवीले केही पनि लिँदैनः प्रम ओली

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवी लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।

Maruti Cement