प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेशमन्त्री एस जयशंकरले भेट गरेका छन्।

Saftey Pads

बुधबार मध्यान्ह काठमाडौं आएका विदेशमन्त्रीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा ओलीसँग भेट गरेका हुन्।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आएका हुन्। काठमाडौंस्थित भारतीय दूतावासले जानकारी गराएअनुसार सो भेटघाटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको सहभागिता रहेको थियो।

भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम रहेको छ।

अन्य सम्बन्धित समाचार:  दाउराले हानेर भाउजूको हत्या गर्ने देवर पक्राउ
Maruti Cement