साफ यु–१५ मा नेपाल भारतसँग ५–० ले पराजित

Prabhu Bank

काठमाडौं । १५ वर्षमुनिको साफ फुटबल च्याम्पियनसिपमा नेपालले खराब सुरुआत गरेको छ।

Saftey Pads

भारतको कल्याणीमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको पाँचौं संस्करणमा नेपाल पहिलो खेलमा आयोजक भारतसित ५–० को फराकिलो अन्तरले पराजित भएको हो।

भारतका लागि महेसनले दुई तथा अनिश मजुमदार, टाइसन सिंह र सिद्धार्थले एकरएक गोल गरे।

नेपालले दोस्रो खेलमा शुक्रबार श्रीलंकासित खेल्नेछ। त्यसैगरी, भदौ १० गते बंगलादेशसित र भदौ १२ गते भुटानसित खेल्ने तालिका छ।

पाँच राष्ट्र सहभागी साफमा शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन्।

अन्य सम्बन्धित समाचार:  बैतडीसहित सुदूरका नौ खेलाडी क्यानको वर्गीकरणमा: खेलाडीमा उत्साह
Maruti Cement