जिम्मेवारी पूरा गर्न नेपाल प्रहरी सक्षम छः महानिरीक्षक खनाल

Prabhu Bank

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आफुलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन्।

Saftey Pads

नेपाल प्रहरी श्रीमती संघको ३५ औं वार्षिकोत्सवको बुधबार काठमाडौमा उद्घाटन गर्दै उनले नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको बताएका हुन्।

महानिरीक्षक खनालले प्रहरी र नागरिकको साझेदारीबाट समाजमा रहेका विकृति हटाउन सकिने भएकाले सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए।

विपद् व्यवस्थापन र मानवीय सेवामा नेपाल प्रहरी श्रीमती संघको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।

महानिरीक्षक खनालले ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनताको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा काम गर्न पनि संघलाई आग्रह गरे।

अन्य सम्बन्धित समाचार:  अनुराग कश्यपविरुद्ध यौन दुर्व्यवहारको उजुरी
Maruti Cement