कोरियामा कार्यरत एक नेपाली झुन्डिएको अवस्थामा मृत फेला

Prabhu Bank

काठमाडौं । कोरियाको बुसानमा कार्यरत एक नेपाली झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

Saftey Pads

काभ्रे जिल्ला बेथानचोक ३ लप्सीबोट घर भई ६ वर्षदेखि यहाँ कार्यरत केदार तिमल्सिना मृत फेला परेका हुन्।

कोरियाको पहिलो पाँचवर्षे कार्यकाल पूरा गरी केदार पुनः सिबिटी परीक्षा दिएर कोरिया पुगेका थिए।

मृतकका घरमा श्रीमती र एक महिनाको छोरा रहेको बताइएको छ। मृतकको शव पोस्टमार्टमका लागि बुसानस्थित एक स्थानीय अस्पतालमा राखिएको काभ्रे सम्पर्क समितिका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए।

घटनाका विषयमा मौखिक जानकारी आए पनि प्रहरीबाट कागजातहरु आइनसकेको सोलस्थित नेपाली दूतावासले जनाएको छ।

कागजात आइसकेपछि आवश्यक प्रक्रिया अघि बढाइने कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  विदेशमा अलपत्र नागरिकलाई निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह
Maruti Cement