रवी पत्नीको जाहेरी काठमाडौं प्रहरीद्धारा अस्वीकार

Prabhu Bank

काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रकरणमा सार्वजनिक भएको भिडियो किर्ते गरिएको भन्दै आएको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाण्डौले अस्वीकार गरेको छ।

Saftey Pads

पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले भिडियो किर्ते गरिएको भन्दै चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाण्डौ पुगेकी हुन्।

तर परिसरले यो मुद्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको भन्दै जोहरी लिन नमानेको निकिताका वकिल राजेन्द्र सेढाईँले बताए।

यो घटना चितवन प्रहरीले हेरिरहेकाले काठमाण्डौ प्रहरीले हेर्न नमिल्ने भन्दै फर्काइदिएको उनले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  विश्वभर कोरोनाबाट मर्नेको संख्या १० लाख नाघ्यो

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकता जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमार्फत मुद्धा अघि बढाउने वकिल सेढाईँले बताए।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीलाई प्रहरीले हिरासतमा लिएको छ।

Maruti Cement