स्वास्थ्य चौकीका अहेब मृत अवस्थामा भेटिए

Prabhu Bank

ओखलढुंगा । ओखलढुङ्गामा स्वास्थ्य चौकीका अहेब मृत अवस्थामा भेटिएका छन्।

Saftey Pads

सिद्धिचरण नगरपालिका ९ ज्यामिरे स्थित ‘ज्यामिरे स्वास्थ्य चौकीका अहेब अन्दाजी ४१ वर्षीय पृथ्वी बहादुर बानियाँ मृत अवस्थामा फेला परेका हुन्।

बुधबार बिहान घरबाट कार्यलय हिँडेका बानियाँ मध्यान्ह मृत अवस्थामा फेला परेका स्थानीय टोकल श्रेष्ठले जानकारी दिए।

कार्यलय हिँडेका बानियाँले स्थानीय कुमार वाग्लेले सञ्चालन गरेको उमा एण्ड युना किराना पसलबाट चारवटा प्लाष्टिकको बोटलभित्र रहेको मादक पदार्थ सेवन गरेका थिए।

उनले धेरैपछि आफन्त भेटेको भन्दै पहिले तीन वटा र पछि पुनः एकवटा बोतलको रक्सी खाएको पसल सञ्चालक कुमार वाग्लेले बताए।

मादक पदार्थ सेवन गरेका उनी होटल भन्दा करिब १० मिटर टाढा रहेको शौचालय पछाडिपट्टि मृत अवस्थामा फेला परेका छन्।

अन्य सम्बन्धित समाचार:  २१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए। उनले मृतकले मादक पदार्थ सेवन गरेको भएपनि अनुसन्धान पछि मृत्युको कारण पत्ता लाग्ने बताए।

Maruti Cement