नयाँ बसपार्कको गेष्ट हाउसमा महिला र पुरुष मृत भेटिए

Prabhu Bank

काठमाडौं। काठमाडौंको नयाँ बसपार्कको एक गेष्ट हाउसमा एक जोडी महिला र पुरुष मृत भेटिएका छन्।

Saftey Pads

बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिना बजगाईं मृत भेटिएका हुन्।

यत्तिबेला घटनास्थलनको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खाटको तलपट्टी र युवकको खाटमाथि भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरु राति ११ बजे होटलमा बसेका थिए। बिहानको खाना खान बोलाउँदा उनीहरुले कोठाको ढोका खोलेका थिएनन्। दिउँसो १ बजेसम्म पनि ननिस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए।

अन्य सम्बन्धित समाचार:  बसकाे ठक्करले स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु

कोठामा मदिराका बोतलहरु पनि भेटिएका छन्। घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको बताइएको छ।

अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ। परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ।

पुरुष र महिला दुवै विवाहित हुन्। महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन्।

Maruti Cement