समितिबाट विधेयक पारित, ‘क्लिन फिड’ छिट्टै लागू हुने

Prabhu Bank

काठमाडौं। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ।

Saftey Pads

समितिको बुधबार बसेको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेको केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्।

राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो।

समितिले भने तत्कालै लागू हुने व्यवस्था गरेको छ। ऐन लागू हुनुअघि विदेशी प्रशारण संस्थासँग सम्झौता गरी विज्ञापन बजाइरहेका प्रशारण माध्यमले भने एक वर्षभित्र ‘क्लिन फिड’ लागू गर्नुपर्नेछ।

अन्य सम्बन्धित समाचार:  महाकाली सिँचाइका प्रमुख विष्ट ११ लाख र युवतीसहित पक्राउ
Maruti Cement