त्रिशूली बस दुर्घटनाको १३ औँ दिन : दुर्घटनास्थलमा दिप प्रज्वलन

Prabhu Bank

धादिङ। गत साउन २४ गते सर्लाही सदरमुकाम मलंगवावाट राजधानी काठमाण्डौ आँउदै गरेको ना ६ ख ७४६९ नं.को यात्रुवाहक बस पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ स्थित सलाङघाट नजिकै मालिगांमा भएको दुर्घटनाका मृतक तथा घाइतेहरूको सम्झनामा आत्माको चिरशान्तिको कामना गर्दै १३औं दिनको पुण्य तिथिको दिन पारेर बुधवार घटनास्थलमा स्वस्ति शान्ति मन्त्र वाचन, शान्तिहोम , मौनधारण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

Saftey Pads

पृथ्वी राजमार्ग आसपासका युवाहरूको सक्रियता तथा लायन्स क्लब अफ मलेखु टाउन, धादिङको आयोजनामा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको प्रमुख आतिथ्यता तथा लायन्स क्लबका जोन चियरपर्सन सञ्जय त्रिपाठीको अध्यक्षतामा दुर्घटनाका मृतक तथा घाइतेहरूको सम्झनामा दुर्घटना स्थलमा मौनधारण श्रद्घाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले उक्त दुर्घटनामा मृत्यु भएकाहरूलाई श्रद्घाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना समेत गरेका थिए। उनले पृथ्वी राजमार्गमा अन्य राजमार्गको तुलनामा अत्यन्त दुर्घटना हुने गरेकाले जिल्ला प्रशासन कार्यालय धादिङ तथा राजमार्ग आसपासका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना २४ सै घण्टा सक्रियताका साथ सतर्क भएर बस्नुपर्ने समेत बताए।

श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटी हरि, प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई, बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष भुवन त्रिपाठी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवार, देविदत्त गण गजुरीका गणपति सुदीप बानियाँ, जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रवक्ता, डीएसपी रूपक खड्का, इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी प्रमुख तथा डीएसपी खगेन्द्र बहादुर खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख प्रहरी निरीक्षक नेत्र भट्ट शसस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा बेस आदमघाटका सहायक बेसपती सई ज्ञान बहादुर आले नेपाली काङ्ग्रेस बेनिघाट रोराङ गाउँपालिकाका पार्टी सभापति ऋषि नाथ त्रिपाठी, नेपाली काङ्ग्रेस सिद्धलेक गाउँपालिकाका पार्टी सभापति विष्णु प्रसाद रूपाखेती, जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखुका सहायक क्याम्पस प्रमुख दिवाकर कँडेल लगायतको उपस्थिति रहेको थियो ।

अन्य सम्बन्धित समाचार:  चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

त्यस्तै कार्यक्रममा गजुरी गाउँपालिकाले मलेखु प्रहरी चौकीलाई आकस्मिक उद्धार सामाग्री समेत हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा बेनिघाट रोराङ गाउपालिका, गजुरी गाउपालिका, भद्रकाली सामुदायिक विकास समाज मलेखु, भद्रकाली मन्दिर व्यवस्थापन समिति मलेखु, भद्रकाली आमा समुह, भद्रकाली गुरुकुल लगायत स्थानीय सङ्घ संस्थाका प्रतिनिधी तथा  स्थानीय उद्धारकर्ताहरु समेतको सहयोग सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोजक लायन्स क्लब अफ मलेखु टाउन धादिङका युवाहरुले राजमार्गका बिभिन्न स्थानहरुमा सुधार गर्नु पर्ने, राजमार्ग छेउका पर्खाल र जालीहरु मर्मत गरिनु पर्ने, नाली सफा हुनु पर्ने, घुम्ती तथा मोडहरुमा ऐना राखिनु पर्ने, विभिन्न स्थानमा चालक रिफ्र्रेस सेन्टरको स्थापना गरिनु पर्ने लगायत सुझाव दिएका थिए ।
कार्यक्रमका आयोजकको तर्फबाट बोल्दै लायन्स क्लब अफ मलेखु टाउन धादिङका  अध्यक्ष चित्र बहादुर मगरले दुर्घटना भएको दिनलाई स्मरण गर्दै आगामी दिनमा दुर्घटना न्युनिकरण गर्न तथा यस्तो घटना दोहोरिन नदिन सम्बन्धीत सम्पुर्ण निकायलाई गम्भीर हुन समेत अनुरोध गरेका थिए । कार्यक्रममा भद्रकाली गुरुकुल मलेखुका बटुकहरुले समेत स्वस्ति शान्ती मन्त्र बाचन गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  नुवाकोटमा पत्रकार कुटने सचिव पक्राउ

गत साउन २४ गते शुक्रबार सर्लाहीको सदरमुकाम मलङ्गवावाट चालक दल सहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नं.को श्रृष्टी डिलक्स् बस बिहान करिव ३ बजे अत्याधिक गतीका साथ सलाङघाट स्थित बन क्षेत्रको सडक मोडवाट अन्दाजी २ सय मिटर तल त्रिशूली नदिमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर १५ जनाको मृत्यु हुनाका साथै ९ जना अझै बेपत्ता छन् ।
बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी ५ जिल्लालाई समेत खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वी नवलपरासी, नवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी गर्न लागी परेका थिए । खोजी कार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको समेत प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

पत्रकार विवेक अर्यालको सहयोगमा

Maruti Cement