‘साझा सद्भाव समूह लिटल रक’ गठन

अमेरिका।
संयुक्त राज्य अमेरिकाको लिटल रक भन्ने शहरमा डा. मिलन बिमलीको संयोजकत्वमा ७ सदस्यीय ‘साझा सद्भाव समूह लिटल रक’ गठन भएको छ। समूहका अन्य सदस्यहरुमा डा. कमल पाण्डे, डा. यादव पाण्डे,महिप आचार्य, नबिन बाबु खनाल, राज श्रेष्ठ र अम्बर रंगुमगर रहेका छन्।

नेपालको विराटनगर स्थायी घर भएका डा. बिमली अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयमा सहायक प्राध्यापकको रुपमा कार्यरत छन्। उनी एक कुशल तथ्याङ्कशास्त्री तथा साझा पार्टीको विशेष सहयोगी समेत हुन्।

समूहका अन्य सदस्यहरू पनि बिभिन्न प्रतिष्ठित संस्थाहरूमा आवद्ध रहेको कुरा साझा सद्भाव संयोजन समिति अमेरिकाका संयोजक टेक खड्काले बताए।

सद्भाव समूह गठन पश्चात छोटो प्रतिक्रिया दिदैँ नवगठित समूहका संयोजक डा. बिमलीले सु-संस्कृत मूल्य मान्यताको राजनीति र साझा पार्टीमा आस्था राख्ने नेपालीहरूको संख्या सामान्यतया प्रवासमा र विशेष गरी अमेरिकामा ठूलो भएको, विकसित देशको पद्धति र विकाससँग साक्षात्कार भएको हरेक नेपाली मन देशमा पनि सुशासन र विकास भएको देख्न चाहने तर परम्परागत राजनीतिक दलहरू बाट यो हुने सम्भव नदेखिएको बेला साझाले नयाँ आशा जगाएको र वैकल्पिक राजनीतिद्वारा देशमा समृद्घिको जग बसाउन र  एकै पुस्तामा देश बदल्न सामूहिक प्रयास भइरहेकोमा खुशी व्यक्त गरे।

अन्य सम्बन्धित समाचार:  बझाङ हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न काँग्रेसको माग

उनले अगाडि भने,” नगर नगरमा यस्ता सद्भाव समूहहरूको निर्माणले अब विकल्प खोज्न हैन अब विकल्प हुने मौका दिएको छ।”

उक्त समूहले सद्भाव समूह बन्नुभन्दा पहिले नै गत महिनाको बाढी पीडित तथा अन्य प्राकृतिक विपत्तिमा अर्थ सङ्कलनमा समेत अग्रसरता लिएको थियो।