भारतले दियो भूकम्प पुनर्निर्माणको २ अर्ब ४५ करोड शोधभर्ना

Prabhu Bank

काठमाडौं। भारतले भूकम्प पुनर्निर्माणको २ अर्ब ४५ करोड रुपैयाँ शोधभर्ना नेपाललाई उपलब्ध गराएको छ।

Saftey Pads

नेपाल–भारतको पाँचौँ संयुक्त बैठकमा सहभागी भएका नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

भारतले ०७२ को भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो। जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ।

भारतले नुवाकोट र गोरखाका ५० हजार लाभग्राहीहरुलाई अनुदान रकम उपलब्ध गराउने जनाएको थियो। भारतले उपलब्ध गराउने २५ अर्ब अनुदानमा भवन पुनर्निर्माणमा १० अर्ब, विद्यालय, स्वास्थ्य संस्था तथा सम्पदा पुनर्निर्माणमा ५/५ अर्ब रुपैयाँ रहेको छ।

अन्य सम्बन्धित समाचार:  चितवनको सौराहामा छ महिनापछि खुल्यो हात्ती सफारी
Maruti Cement