जिप दुर्घटना हुँदा तीनको मृत्यु

Prabhu Bank

काठमाडौं। अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

Saftey Pads

बान्नीगढी जयगढ गाउँपालिका वडा नं ५ कालिकाको लिडि सुकिबागमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ तिमिल्सेनका ३९ वर्षीय अशोक परियार, वडा नम्बर ४ का ३८ वर्षीया कालुसि आउजी र बैतडी डिलासैन गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय लालबहादुर बोहराको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ।

रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप बुधबार राति ७ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

रातिको समय, कच्चीबाटो र पानी परेकाले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।

अन्य सम्बन्धित समाचार:  विश्वभर कोरोनाबाट मर्नेको संख्या १० लाख नाघ्यो
Maruti Cement