सिंगापुर जानुअघि ओलीले दिए प्रचण्डलाई नेकपाको कार्यकारी अधिकार

Prabhu Bank

काठमाडौं। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू सिंगापुर जानुअघि कार्यकारी अधिकार नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन्।

Saftey Pads

बिहीबार बिहान बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले आफू अनुपस्थित रहँदाको कार्यकारी अधिकार प्रचण्डलाई सुम्पेका हुन्।

यसअघि ओली देश बाहिर हुँदा वा बिरामी पर्दा पनि पार्टीको नियमित बैठक तथा निर्णय प्रकिया अवरुद्ध हुने गरेको थियो।

बिहीबार बिहान बसेको सचिवालय बैठकले आजै उपचारका लागि सिंगापुर जान लागेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने प्रस्ताव पारित गरेको छ।

अन्य सम्बन्धित समाचार:  भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री
Maruti Cement