भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

Prabhu Bank

काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ।

Saftey Pads

नेपालको भ्रमणमा रहेका विदेशमन्त्री जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा भेटवार्ता भएको हो।

भेटको लागि विदेशमन्त्री जयशंकर तथा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहितको टोली शीलतनिवास पुगेको थियो।

भेटमा द्विपक्षीय हितलगायतका विषयमा छलफल भएको बताइएको छ। जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका थिए।

उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement