प्रधानमन्त्री अ‍ोली उपचारका लागि फेरि सिंगापुर जाँदै

Prabhu Bank

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा अ‍ोली फलोअपका लागि बिहीबार सिंगापुर जाँदै छन्।

Saftey Pads

केही दिनअघि साताव्यापी सिंगापुरको स्वास्थ्य परीक्षणपछि फर्केका प्रधानमन्त्री ओली पुनः सिंगापुर जान लागेका हुन्।

दिउँसो १:३० बजे सिंगापुर उड्न लागेका उनले त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा पुनः स्वास्थ्य परीक्षण गराउने छन्।

यद्यपि प्रधानमन्त्रीको सिंगापुर बसाइ भने निश्चित नभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणकै लागि भनी गत १८ साउनमा सिंगापुर गएका थिए। १० दिन लामो स्वास्थ्य परीक्षणपछि फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा अवतरण भएपछि आफू ठिक भएको बताएका थिए।

१२ वर्षअघि मृर्गौला प्रत्यारोपन गरेका प्रधानमन्त्री ओलीले भारत तथा सिंगापुरमा नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन्।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम
Maruti Cement