उच्च राजनीतिक भेटवार्ता गर्दै भारतीय विदेशमन्त्री

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार उच्च राजनीतिक भेटघाट गर्दैछन्।

आज उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालगायतका नेताहरुसँग भेटवार्ता गर्ने छन्।

प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग यसअघि नै शिष्टाचार भेटवार्ता गरिसकेका जयशंकरले आज केही उच्च राजनीतिक भेटवार्ता गरेर आजै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि विदेशमन्त्री जयशंकर पहिलो पटक नेपाल आएका हुन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी