‘४१/४२ वर्षसम्म राम्रोसँग खेल्न सक्छु’

काठमाडौं। पोर्चुगलका स्टार तथा विश्व फुटबलका खेलाडी क्रिस्टियानो रोनाल्डोले फुटबलबाट सन्यास लिनेबारे कुरा उठाएका छन्।

हाल ३४ वर्ष पुगेका उनले अझै केही वर्ष राम्रोसँग खेल्न सक्ने बताए। आफ्नो उमेरको बारेमा चिन्ता लिएका आफ्ना शुभचिन्तकहरुलाई सम्झिँदै उनले भने,  ‘चिन्ता नगर्नुस् म ४१/४२ वर्षसम्म राम्रोसँग लेख्न सक्छु’

उनले आफ्नो उमेरसँग कति फ्यानहरुले चिन्ता व्यक्त गर्ने गरेको बताए।

‘कतिपय मेरा फ्यानहरुले मेरो उमेरको अंकलाई थाहा पाएर चिन्ता लिएको सुनेको छु। तर, म अझै ७/८ वर्षसम्म राम्रोसँग खेल्न सक्छु’ पोर्चुगिच टेलिभिजनमा कुराकानी गर्दै उनले भने।

तपाईंको प्रतिक्रिया/टिप्पणी